युवा संघले बनाइदियो कचनकवलकी उमावती र रामवतीका लागि घर

कचनकवल, २५ जेठ । राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा झापाको कचनकवल–१ कुटीमा दुई असहाय आमाहरू उमावती र रामवतीलाई निर्माण गरिएको नयाँ घर आज एक विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ। उनीहरू दुवैजना एउटै दिवंगत श्रीमानका धर्मपत्नी हुन् र हाल आपसी सहारामा जीवनयापन गर्दै आएका छन् । नजिकै बग्ने विरिङ खोलाको बाढीले उनीहरूको जमिन बगाएपछि अति कष्टपूर्ण [...] The post युवा संघले बनाइदियो कचनकवलकी उमावती र रामवतीका लागि घर appeared first on Jhapa Online.

Jun 8, 2025 - 13:13
 0
युवा संघले बनाइदियो कचनकवलकी उमावती र रामवतीका लागि घर

कचनकवल, २५ जेठ । राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा झापाको कचनकवल–१ कुटीमा दुई असहाय आमाहरू उमावती र रामवतीलाई निर्माण गरिएको नयाँ घर आज एक विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ।

उनीहरू दुवैजना एउटै दिवंगत श्रीमानका धर्मपत्नी हुन् र हाल आपसी सहारामा जीवनयापन गर्दै आएका छन् । नजिकै बग्ने विरिङ खोलाको बाढीले उनीहरूको जमिन बगाएपछि अति कष्टपूर्ण जीवन बिताइरहेका उनीहरूका लागि राष्ट्रिय युवा संघ नेपालले मानवीय पहलस्वरूप सुरक्षित आवासको व्यवस्था गरेको हो। श्रीमान नभएका कारण आर्थिक, सामाजिक रूपमा कमजोर अवस्थामा रहेका आमाहरूका लागि संघले ‘दुखीको घर, युवाको भरू’ भन्ने नारासहित चार महिना अघि यो अभियानको थालनी गरेको थियो।

घर निर्माण अभियान राष्ट्रिय युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको जन्मदिनको अवसर पारेर सुरु गरिएको हो। आज आयोजित समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व सांसद बसन्त कुमार बानियाँले रिबन काटेर घर हस्तान्तरण गरे।

प्रमुख अतिथि बानियाँले भने, ‘युवा संघले राजनीति मात्र होइन, समाजसेवाको गहिरो अभिभारा बोकेको प्रमाण प्रस्तुत गरेको छ। देशभर विपद्का बेला जनताको घरगोठ ध्वस्त हुँदा पनि संघले राहत, पुनःस्थापना र आवास निर्माणमा अग्रसर भूमिका निर्वाह गर्दै आएको छ। आजको यो कार्य त्यसैको निरन्तरता हो। जनताको दुःखमा साथ दिनु राजनीतिक सङ्गठनको असल कार्य हो भन्ने सन्देश यसले दिएको छ।’

युवा संघ अध्यक्ष नवराज ढुंगानाले समारोहमा भने, “असहाय आमाहरूलाई सुरक्षित आश्रय दिनु हाम्रो मानवीय दायित्व हो। समाजमा पीडितहरूप्रति सहानुभूति जगाएर युवाहरू परिवर्तनको अग्रदूत बन्न सक्छन्। हामी आगामी दिनमा अझ सशक्त रूपमा सामाजिक सेवामा समर्पित हुने अठोट गर्छौं।”

कार्यक्रमका विशिष्ट अतिथि तथा प्रदेश कमिटी सदस्य वासु बनले यस्ता उदाहरणीय कार्यले युवाको सकारात्मक उर्जा उजागर गर्ने बताए। “युवाहरूले समाज रूपान्तरणमा कस्तो भूमिका खेल्न सक्छन् भन्ने उदाहरण हो यो,” उनले भने।

घर निर्माणमा सक्रिय भूमिका निभाएका वडा नं. १ का कमिटी सदस्य प्रवीण राजवंशीले स्वागत मन्तव्य राखेका थिए । कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले युवाको योगदानप्रति आभार व्यक्त गर्दै भने, “आज युवाहरूले आफ्नै गाँस काटेर असहाय आमाहरूका लागि घर निर्माण गरेका छन्। संगठनप्रतिको जनविश्वास अझ बढाउने खालको कार्य हो यो। यसले युवा संघप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गरेको छ।”

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बसन्त बानियाँ, एमाले कचनकवल अध्यक्ष कुलबहादुर कार्की, जिल्ला कमिटी सदस्य तोयानाथ दाहाल, युवा संघ झापा सचिव उमेश मिश्र, सदस्य रूपेन लिम्बू, भद्रपुर नगर अध्यक्ष दीपक बुढाथोकी, सचिव पशुपति खतिवडा, कार्यपालिका सदस्य तेजलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो।

घर निर्माणका लागि भद्रपुर कमिटीले १० हजार र संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले २५ हजार रुपैयाँ सहयोग गरेका थिए । संघले यसअघि पनि कचनकवल–६ मा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ।

अध्यक्ष ढुंगानाले समापन मन्तव्यमा भने, “हामी समाजका पीडित, गरिब र असहाय वर्गको पक्षमा अझ सशक्त र संगठित भएर क्रियाशील रहनुपर्छ। युवाहरू नै परिवर्तनका संवाहक हुन् भन्ने यो अभियानले पुष्टि गरेको छ।”

The post युवा संघले बनाइदियो कचनकवलकी उमावती र रामवतीका लागि घर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register