एसियन कप छनोट : आज नेपाल र लाओस भिड्दै

झापा, २७ जेठ । एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दैछ । लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन् । छनोटको समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा तालिकाको तेस्रो स्थानमा छ। नेपाल [...] The post एसियन कप छनोट : आज नेपाल र लाओस भिड्दै appeared first on Jhapa Online.

Jun 10, 2025 - 02:41
 0
एसियन कप छनोट : आज नेपाल र लाओस भिड्दै

झापा, २७ जेठ । एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दैछ ।

लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन् ।

छनोटको समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा तालिकाको तेस्रो स्थानमा छ। नेपाल रहेको समूहमा लाओससँगै मलेसिया र भियतनाम छन् । सुरुवाती पहिलो खेलमा जित निकालेका भियतनाम र मलेसिया समान ३ अंकमा शीर्ष र दोस्रो स्थानमा छन्। जितविहिन नेपाल तेस्रो र लाओस पुछारमा छ ।

छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। लाओस पहिलो खेलमा भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो । होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्नेछ । भियतनामसँग नै नेपालले अक्टोबर १४ मा खेल्ने तालिका छ । मलेसियासँग नोभेम्बर १८ मा तथा आगामी मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ।

The post एसियन कप छनोट : आज नेपाल र लाओस भिड्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register