मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा चारको मृत्यु, १३ घाइते

झापा, २७ जेठ । भारतको मुम्बईमा विपरीत दिशा गुडिरहेका दुई रेल आपसमा नजिकै हुँदा खसेका यात्रुहरूमध्ये ४ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मुम्ब्रा रेलवे स्टेसननजिकै सोमबार बिहान भएको उक्त दुर्घटनामा ४ जनाको मृत्यु र १३ यात्रु घाइते भएका हुन्। मृतकमा एकजना जीआरपी हवल्दार पनि छन्। कसाराबाट आउँदै गरेको लोकल ट्रेनको गेटमा उभिएका [...] The post मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा चारको मृत्यु, १३ घाइते appeared first on Jhapa Online.

Jun 10, 2025 - 02:35
 0
मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा चारको मृत्यु, १३ घाइते

झापा, २७ जेठ । भारतको मुम्बईमा विपरीत दिशा गुडिरहेका दुई रेल आपसमा नजिकै हुँदा खसेका यात्रुहरूमध्ये ४ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मुम्ब्रा रेलवे स्टेसननजिकै सोमबार बिहान भएको उक्त दुर्घटनामा ४ जनाको मृत्यु र १३ यात्रु घाइते भएका हुन्। मृतकमा एकजना जीआरपी हवल्दार पनि छन्।

कसाराबाट आउँदै गरेको लोकल ट्रेनको गेटमा उभिएका यात्रुहरूको झोलामा सीएसएमटीतर्फ जाँदै गरेको अर्को ट्रेनले ठक्कर दिँदा यात्रुहरू भुइँमा खसेको बताइएको छ। कार्यालय समय भएकाले ती यात्रु रेलको गेटमा उभिरहेका थिए । मृतकमा केतन सरोज, राहुल गुप्ता, मयुर शाह र ठाणे सरकारी रेलवे प्रहरी (जीआरपी) का कन्स्टेबल विक्की मुखिद छन्।

The post मुम्बईमा गुडिरहेको रेलबाट यात्रुहरू खस्दा चारको मृत्यु, १३ घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register