महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा ३६ जना कर्मचारी सम्मानित

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले ३१औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई सम्मान गरेको हो । बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पुर्याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाडौँमा आयोजित एक […]

Jun 15, 2025 - 09:35
 0
महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा ३६ जना कर्मचारी सम्मानित

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले ३१औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई सम्मान गरेको हो ।

बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पुर्याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको बैंकले जनाएको छ ।

विभिन्न शाखा कार्यालयहरु तथा केन्द्रय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरुलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा संचालक समिति सदस्यहरु, बैंकका उच्च पदस्थ अधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, काठमाडौँ उपत्यकाका शाखा प्रबन्धकहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । सम्मानित कर्मचारीहरुको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

साथै, उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनलद्वारा मान्यता प्राप्त यो क्लब मार्फत बैंकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजनिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पुर्याउने लक्ष्य सहित गठन गरिएको हो । विकास बैंकहरुमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको बैंकले जनाएको छ ।

जेष्ठ महिना भर बैंकले ३१औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न भएका छन् । यस अवसरमा आगामी दिनहरुमा बैंकले आफ्ना ग्राहकहरुलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउन प्रतिबद्धता समेत जाहेर गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register