आजको मौसमः चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका […]

Jun 18, 2025 - 01:58
 0
आजको मौसमः चार प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं ।

देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू(भागमा मनसुनी वायुको प्रभाव रहने छ। साथै देशको पश्चिम भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहने देखिएको छ ।

राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register