एयर पेस्तोलसहित झापाबाट भारतीय नागरिक पक्राउ
झापा। मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिन सहितको एयर पेस्तोल १ थान, एयर वुलेट ५ राउण्ड र खुकुरी २ थानसहित भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लुबि ७० जि ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई […]


झापा।
मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिन सहितको एयर पेस्तोल १ थान, एयर वुलेट ५ राउण्ड र खुकुरी २ थानसहित भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लुबि ७० जि ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
What's Your Reaction?






