चितवन दुर्घटना :  काख रित्तियो, खुसी खोसियो 

हेटौंडा।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने जाने बाटोको कर्रा खोला नजिकको बगरमा अहिले हिउँदमा लगाइएको मकै पाकेर काट्ने बेला भएको छ । एक हप्ता आगाडिसम्म रेवती पहाडी(पोखरेल)ले यो पंतिकारलाई अब दुई हप्तामा रोपाई गर्नुपर्ला भनेर सुनाउँदै थिए  । खेतको बगर जस्तो स्थान तर निजी जग्गामा केही बर्षदेखि उनले आफ्नी जीवनसंगिनी मैया अनि छोरा सरोज […]

Jun 23, 2025 - 12:58
 0
चितवन दुर्घटना :  काख रित्तियो, खुसी खोसियो 

हेटौंडा।

 हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने जाने बाटोको कर्रा खोला नजिकको बगरमा अहिले हिउँदमा लगाइएको मकै पाकेर काट्ने बेला भएको छ । एक हप्ता आगाडिसम्म रेवती पहाडी(पोखरेल)ले यो पंतिकारलाई अब दुई हप्तामा रोपाई गर्नुपर्ला भनेर सुनाउँदै थिए  । खेतको बगर जस्तो स्थान तर निजी जग्गामा केही बर्षदेखि उनले आफ्नी जीवनसंगिनी मैया अनि छोरा सरोज र बुहारी रेणुको साथ लिएर हिउँद बर्खामा नै बिभिन्न बालीनाली लगाउदै आएका थिए । 

गत फागुनमा रोपिएको मकै यसपाली पाकेको हो र अब असारे धान लगाउने बेला भएको हो। अबको दुई हप्तापछि रोपाई गर्ने तयारीमा रहेका रेवती बिगत तीनदिन देखि मुर्छा परेका छन् । हिउँदको खडेरीको समयमा रोपेको मकै बर्खामा पोलेर,उसिनेर अनि भुटेर खाने मैया, सरोज र रेणुकाको सपना सदाका लागि अन्त्य भएको छ । हो,गत शनिबार हेटौंडाबाट चितवन जाने क्रममा चितवनको राप्ती नगरपालिकामा भएको भयानक दुर्घटनामा जीवन लिला समाप्त भएका परिवारका सदस्यहरुको कुरा हो,यो । घर, हेटौंडा  ५ मा भएपनि यो परिवारले हेटौंडा ८मा रहेको त्यही जग्गामा खनजोत गरेर मरुभूमि जस्तो स्थानलाई हराभरा बनाएका थिए । तर, अहिले मकै पाकेर घरवला खोजिरहेको छ तर घरवला अचेत अवस्थामा रहेका छिमेकीहरुले बताएका छन् ।

 निकै मेहनती रहेका पहाडी परिवारको अवसानले आफू समेत निकै स्तब्ध भएको  रेवतीका संघियारेहरुले बताए । बिहान बिहानै मैयासहित बुहारी रेणुका आएर कति पटक काम गरेको देखेको हो,धेरै मेनहती हुनुहुन्थ्यो संघियारे जीवन अधिकारीले संझना गरे । रेवतीको एक मात्र छोरा,बुहारी र पत्नीको सो दुर्घटनामा परेर ज्यान गएपछि रेवतीको घर तिर मात्र होइन जग्गातिरका छिमेकीहरु पनि स्तब्ध भएका छन् । स्थानीयहरुमा अनुसार, सो दिन रेणुका गर्भमा रहेको आफ्नो बच्चालाई जन्म दिनका लागि सासू मैया र पति सरोजसंगै चितवन  गएकी थिइन्  । भोलिपल्ट आइतबार शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने चिकित्सकले समय दिएका कारण उनीहरुले चितवन गएका थिए, तर उनीहरु अस्पताल पुग्न नै पाएनन् ।

अस्पतालमाथि आक्रोश

हेटौंडामा राम्रो अस्पताल नभएको र भएको एउटा अस्पताल पनि राजनीति गर्ने थलो बनाइएको भन्दै हेटौंडाका नागरिक समाजदेखि संचारकर्मीहरुले हेटौंडा अस्पतालप्रति आक्रोश पोखेका छन् । उनीहरुले चितवन घटना हेटौंडामा भएको हेटौंडा अस्पतालले गुणस्तीय सेवा दिन नसकेका कारण पनि यो घटना भएको भन्दै बिरोध जनाएका छन् । 

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नाउँमा अस्पताल संचालनमा रहेपनि सेवा सुविधा नभएका कारण रेणुका चितवन जान बाध्य भएको  र यस्तो घटना हुन   पुगेको भन्दै आक्रोश पोखेका छन्। तर, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडाका अध्यक्ष भीमसागर गुरागाईले भने पहाडी परिवार अस्पतालमा  नआएका कारण थाहा नभएको तर हेटौंडा अस्पतालमा निःशुल्क प्रसूतिदेखि नवजात शिशुको समेत निःशुल्क सेवा रहेका कारण गर्भवतीका लागि चितवन वा अन्य ठाउँमा जानु पर्ने बाध्यता नरहेको बताउँछन्  । हेटौंडा अस्पताललाई विश्वास गर्न आवश्यक रहेको र अहिले अस्पताल धेरै हिसाबले सुधारमा रहेको पनि उनले दाबी गरे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register