अनुग्रह निर्देशक सुमन राईले आरोहण गरे साढे ६ हजार मिटरको मिरा पिक

लन्डन- बेलायतस्थित नेपाली सफल व्ययवसायी तथा सामाजिक अभियन्ता समुन राईले मिरा पिकको सफल आरोहण गरेका छन् । अनुग्रह ज्वेलर्स यूके तथा च्यारिटी संस्था अनुग्रह फाउन्डेसनका निर्देशक राईले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरा पिकको सफल आरोहण गरेका हुन् । पाँच दिन लगाएर गत सोमबार बिहान ८ बजेर २० मिनेटको समयमा आफू सफलतापूर्वक शिखरमा […]

Jul 1, 2025 - 13:02
 0
अनुग्रह निर्देशक सुमन राईले आरोहण गरे साढे ६ हजार मिटरको मिरा पिक

लन्डन- बेलायतस्थित नेपाली सफल व्ययवसायी तथा सामाजिक अभियन्ता समुन राईले मिरा पिकको सफल आरोहण गरेका छन् ।

अनुग्रह ज्वेलर्स यूके तथा च्यारिटी संस्था अनुग्रह फाउन्डेसनका निर्देशक राईले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरा पिकको सफल आरोहण गरेका हुन् ।

पाँच दिन लगाएर गत सोमबार बिहान ८ बजेर २० मिनेटको समयमा आफू सफलतापूर्वक शिखरमा पुगेको उनले नेपालीलिंकलाई बताए ।

राईले आफूद्धारा स्थापित अनुग्रह फाउन्डेसनको लागि च्यारिटी कोष जुटाउने र वातावरण संरक्षणका लागि चेतना फैलाउने दुई मुख्य लक्ष्यका साथ मिरा पिक आरोहण गरेका हुन् ।

आफ्नो अभियानमा साथ र हौसला प्रदान गर्ने सबै शुभेच्छुकसंगै एनसिसिए यूके, एनसिसी यूके, तमुधिं यूके, किरात राई यायोख्या यूके, खोटाङ समाज यूके, थुलुङ राईसमाजसहित सबै संघसंस्था र समुदायप्रति आभार प्रकट गरेका छन् ।

आफ्ना च्यारिटी अभियानलाई सहयोग जुटाउन उनले विश्वको सर्वोच्च शिखर सगरमाथा समेत आरोहणको योजना बनाएका छन् । अब पहिला ७ हजार मिटरमाथिको हिमाल चढ्ने र त्यसपछि सगरमाथा आरोहणको तयारी गर्ने उनको सोच छ ।

सुराई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय रहँदै आएको छ । समूह अन्तर्गत अनुग्रह ज्वेलर्स , न्यु अनुग्रह ज्वेलर्स, अनुग्रह बुलियन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउन्डेसन सञ्चालनमा छन्।

सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील अनुग्रह फाउण्डेशनले आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध, बालबालिका तथा ग्रामीण विकासका क्षेत्रमा लगानी गर्दै आएको छ।

‘शून्यदेखि सगरमाथा सम्म’ भन्ने नाराका साथ सुरु गरिएको अभियान अन्तर्गत अबको चरण सगरमाथा आरोहण र वातावरणीय सचेतना फैलाउने अभियानमा केन्द्रित हुने राईले बताएका छन्। उनले ग्लोबल वार्मिङविरुद्ध जनचेतना जगाउन, वातावरण जोगाउन र भविष्यका पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश दिन आफ्नो अभियान केन्द्रित गरेका छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register