एमालेले भन्यो – दुई दलीय संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि बनेको होइन

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेससँग बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । सरकारको नीतिगत प्राथमिकता र संकल्पलाई सहजीकरण गर्न संयन्त्र बनाइएको उनले बताए । सञ्चारकर्मीसँग ज्ञवालीले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका […]

Nov 9, 2024 - 10:45
 0
एमालेले भन्यो – दुई दलीय संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि बनेको होइन

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेससँग बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरेको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । सरकारको नीतिगत प्राथमिकता र संकल्पलाई सहजीकरण गर्न संयन्त्र बनाइएको उनले बताए ।

सञ्चारकर्मीसँग ज्ञवालीले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ, सरकारले त्यसलाई आत्मसाथ गरेको छ । त्यसलाई सहजीकरण गर्ने र दुई दलबीच सहकार्य भइरहने वातावरणका लागि संयन्त्र बनेको हो ।’

कांग्रेस र एमालेले कात्तिक २१ गते ८ सदस्यीय संयन्त्र बनाएका थिए ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल छन् ।

खटपटको हल्लापछि कांग्रेस-एमालेले संयन्त्र बनाएका हुन् ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register