वायनाडमा भाजपा उम्मेदवारभन्दा झन्डै ४ लाख मतान्तरले अगाडि प्रियंका

काठमाडौं । भारतको केरला राज्यको वायनाड लोकसभा सीटमा भएको उपचुनावमा कांग्रेस उम्मेदवार प्रियंका गान्धी ३ लाखभन्दा बढी मतान्तरले अगाडि छिन् । गान्धीले अहिलेसम्म ४ लाख ८१ हजारभन्दा बढी मत पाएकी छन् । निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरी करिब एक लाख ६२ हजार मतका साथ दोस्रो स्थानमा छन् भने भाजपा उम्मेदवार नव्य हरिदास […]

Nov 23, 2024 - 07:05
 0
वायनाडमा भाजपा उम्मेदवारभन्दा झन्डै ४ लाख मतान्तरले अगाडि प्रियंका

काठमाडौं । भारतको केरला राज्यको वायनाड लोकसभा सीटमा भएको उपचुनावमा कांग्रेस उम्मेदवार प्रियंका गान्धी ३ लाखभन्दा बढी मतान्तरले अगाडि छिन् । गान्धीले अहिलेसम्म ४ लाख ८१ हजारभन्दा बढी मत पाएकी छन् ।

निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरी करिब एक लाख ६२ हजार मतका साथ दोस्रो स्थानमा छन् भने भाजपा उम्मेदवार नव्य हरिदास ८७ हजार मतका साथ तेस्रो स्थानमा छिन् । हरिदास झन्डै ४ लाख मतान्तरले पछाडि छिन् ।

राहुल गान्धीले वायनाड सिट छोडेपछि प्रियंका गान्धी यहाँबाट उपचुनावमा लडेकी हुन् ।

यस वर्ष जुनमा भएको चुनावमा राहुल गान्धीले वायनाड सिटमा ३ लाख ६४ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ४७ हजारभन्दा बढी मत पाएका छन् ।

वायनाड बाहेक महाराष्ट्रको नान्देड लोकसभा सीटमा पनि उपचुनाव भएको छ । यस सिटमा भाजपाका उम्मेदवार सन्तोकराव हुम्बर्डे करिब ११ हजार मतान्तरले पहिलो स्थानमा छन् । दोस्रो स्थानमा कांग्रेसका रवीन्द्र चव्हाण बसन्तराव छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register