एक वर्षपछि मैदानमा फर्किएका नेयमार दोस्रो खेलमै फेरि घाइते

काठमाडौं– करिब एक वर्षपछि मैदानमा फर्किएका ब्राजिलका स्टार फूटबलर नेयमारले आफ्नो ‘कमब्याक’को दोस्रो खेलमै चोट बोकेका छन् । सोमबार राति भएको एएफसी च्याम्पियन्स लिगअन्तर्गतको खेलमा उनी फेरि घाइते भएका हुन् । नेयमार घाइते भएको खेलमा उनी आबद्ध क्लब आवद्ध साउदी अरेबियाको अल–हिलालले इरानको एस्तेघलाललाई ३–० ले हराएको थियो । नेइमार घुँडाको चोटबाट निको भएर मैदानमा […]

Nov 5, 2024 - 06:51
 0
एक वर्षपछि मैदानमा फर्किएका नेयमार दोस्रो खेलमै फेरि घाइते

काठमाडौं– करिब एक वर्षपछि मैदानमा फर्किएका ब्राजिलका स्टार फूटबलर नेयमारले आफ्नो ‘कमब्याक’को दोस्रो खेलमै चोट बोकेका छन् ।

सोमबार राति भएको एएफसी च्याम्पियन्स लिगअन्तर्गतको खेलमा उनी फेरि घाइते भएका हुन् ।

नेयमार घाइते भएको खेलमा उनी आबद्ध क्लब आवद्ध साउदी अरेबियाको अल–हिलालले इरानको एस्तेघलाललाई ३–० ले हराएको थियो ।

नेइमार घुँडाको चोटबाट निको भएर मैदानमा फर्किएको केही समय मात्र भएको थियो । यसैले उनलाई खेलको ५८ औं मिनेटमा मात्रै बेन्चबाट खेलमा उतारिएको थियो । तर ८७ औं मिनेटमा नै चोट बोक्दै उनी मैदानबाट बाहिर जानुपर्यो ।

चोट बोकेकै कारण नेयमारले गत जुन–जुलाईमा भएको कोपा अमेरिका प्रतियोगिता गुमाएका थिए । उनी धेरै चोट बोक्ने अभागी खेलाडीमा पर्छन् ।

यद्यपि नेयमारलाई योपटक लागको चोट भने धेरै गम्भीर नभएको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register