राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गरेका छन् । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै […]

Nov 10, 2024 - 15:40
 0
राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गरेका छन् ।

राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ गएका हुन् । उनले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका रहेको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register