आजको राशीफल (२०८१ पुस ३, बुधबार)

मेष : पुनर्मिलनको योग छ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ। वृष : इच्छा पूर्ण हुनेछन्। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। प्रणय प्रसङ्गका समय श्रेष्ठ छ। टाढिएका मित्र नजिक हुनेछन्। काममा ७० प्रतिशत सफलता पाइनेछ। मिथुन [...] The post आजको राशीफल (२०८१ पुस ३, बुधबार) appeared first on Jhapa Online.

Dec 18, 2024 - 04:52
 0
आजको राशीफल (२०८१ पुस ३, बुधबार)

मेष : पुनर्मिलनको योग छ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग नियन्त्रण गर्न जरूरी छ।

वृष : इच्छा पूर्ण हुनेछन्। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। प्रणय प्रसङ्गका समय श्रेष्ठ छ। टाढिएका मित्र नजिक हुनेछन्। काममा ७० प्रतिशत सफलता पाइनेछ।

मिथुन : कला र गलाको प्रभाव बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रवल इच्छाशक्तिले लक्ष्यमा पुर्‍याउनेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

कर्कट : आफन्तको प्रगतिमा मन रमाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। स्वास्थ्यप्रति सजग रहन जरूरी छ। साँझमा पैसा खर्च हुने योग छ। काममा ५७ प्रतिशत सफलता पाउनु हुनेछ।

सिंह : विशेष सहयोग मिल्नेछ। धार्मिक र सांस्कृतिक सभा-समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। काममा ९० प्रतिशत सफलता पाउनु हुनेछ।

कन्या : मित्रबाट विशेष सहयोग मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति हुनेछ। मनमा प्रसन्नता छाउनेछ। काममा ८५ प्रतिशत सफलता पाउनु हुनेछ।

तुला : शुभ समाचार सुन्नमा आउला। आत्मविश्वासमा वृद्धि हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला। काममा ५५ प्रतिशत सफलता पाउनु हुनेछ।

वृश्चिक : कार्यमा ढिलासुस्ती हुनेछ। हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

धनु : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पुनर्मिलनको योग छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।

मकर : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्दव्यापार भने कमजोर रहला। काममा ८५ प्रतिशत सफलता पाउनु हुनेछ।

कुम्भ : शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखद् र धार्मिक यात्राको योग छ। काममा ८८ प्रतिशत सफलता पाउनु हुनेछ।

मीन : दबाब र तनाव बढेको महसुस हुनेछ। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ। यसले नयाँ विचार र विवेक बढेर जानेछ।

The post आजको राशीफल (२०८१ पुस ३, बुधबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register