बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले फेरि १०० अर्ब तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि १०० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बुधबार (पुष ३ गते) १०० अर्ब रुपैयाँ तान्न लागेको हो । प्रणालीमा पैसा थुप्रिएपछि तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत १०० अर्ब रुपैयाँ तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप […]

Dec 18, 2024 - 06:11
 0
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले फेरि १०० अर्ब तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरि १०० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले बुधबार (पुष ३ गते) १०० अर्ब रुपैयाँ तान्न लागेको हो ।

प्रणालीमा पैसा थुप्रिएपछि तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत १०० अर्ब रुपैयाँ तान्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यो निक्षेप संकलन उपकरणको म्याद २१ दिनको रहनेछ भने साँवा र ब्याज भुक्तानी पुष २४ गते हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्रै सहभागी हुने पाउनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register