ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता नभएको मस्कोले दाबी गरेको छ। यसअघि अमेरिकी मिडियामा ट्रम्पले पुटिनसँग टेलिफोन कुराकानी गरेको र युक्रेन युद्धको विषयमा छलफल गरेको विषय बाहिर आएको थियो। तर क्रेमलिनका प्रवक्ताले ट्रम्पले पुटिनलाई फोन गरेको र दुई नेताले युक्रेन द्वन्द्वबारे छलफल गरेको दाबीलाई अस्वीकार गरेका छन्। […]

Nov 12, 2024 - 04:46
 0
ट्रम्प र पुटिनबीच टेलिफोन कुराकानी नभएको मस्कोको दाबी

काठमाडौं ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता नभएको मस्कोले दाबी गरेको छ। यसअघि अमेरिकी मिडियामा ट्रम्पले पुटिनसँग टेलिफोन कुराकानी गरेको र युक्रेन युद्धको विषयमा छलफल गरेको विषय बाहिर आएको थियो।

तर क्रेमलिनका प्रवक्ताले ट्रम्पले पुटिनलाई फोन गरेको र दुई नेताले युक्रेन द्वन्द्वबारे छलफल गरेको दाबीलाई अस्वीकार गरेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसलाई पूर्णतया गलत सूचना भन्दै ट्रम्प र पुटिनबीच कुनै फोन वार्ता नभएको स्पष्ट गरेका छन्।

यसअघि वासिङ्टन पोस्टले आफ्नो रिपोर्टमा ट्रम्पले पुटिनलाई फ्लोरिडास्थित उनको रिसोर्ट मार-ए-लागोबाट फोन गरेको र दुवैले युक्रेन युद्धको समाधानका लागि छलफल गरेको दाबी गरेको थियो। ट्रम्पले चुनावी र्‍यालीका क्रममा आफूले कुनै किसिमको युद्ध सुरु नगर्ने र जारी युद्धहरू अन्त्य गर्ने बताउँदै आएका छन्।

ट्रम्प विजयी भएपछि अब उनले रुस-युक्रेन युद्ध, इजरायल हमास युद्धलाई कसरी रोक्छन् यस यी युद्ध रोक्न कस्तो भूमिका खेल्छन् भन्नेमा विश्वको चासो रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register