सिस्नेरी घटना : ज्यान गुमाएका खेलाडीका परिवारको धर्नामा प्रहरीको हस्तक्षेप (तस्वीरहरू)

काठमाडौं । सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका खेलाडीका अभिभावकले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तालाबन्दी गरेका छन् । बिहीबार उच्चस्तरीय छानबिन समितिको माग राख्दै अभिभावकहरुले धर्ना कार्यक्रमसहित एन्फामा तालाबन्दी गरेका हुन् । त्यसक्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका […]

Nov 21, 2024 - 07:41
 0
सिस्नेरी घटना : ज्यान गुमाएका खेलाडीका परिवारको धर्नामा प्रहरीको हस्तक्षेप (तस्वीरहरू)

काठमाडौं । सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका खेलाडीका अभिभावकले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तालाबन्दी गरेका छन् ।

बिहीबार उच्चस्तरीय छानबिन समितिको माग राख्दै अभिभावकहरुले धर्ना कार्यक्रमसहित एन्फामा तालाबन्दी गरेका हुन् ।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका छन् ।

सिस्नेरी एन्फा एकेडेमीमा गएको पहिरोमा परी ज्यान गुमाएका खेलाडीको परिवारले मंगलबार पत्रकार सम्मेलन गर्दै न्याय नपाएको बताएका थिए । अभिभावकहरुले आफूहरुलाई कुनै राहत नभई न्याय चाहेको बताएका छन् ।

एन्फाले सो घटनालाई गम्भीरतापूर्वक नलिएको र गैरजिम्मेवारीपूर्वक रुपमा प्रस्तुत भएको अभिभावकहरु बताउँछन् । साथै, छानबिनका लागि गठन गरिएको टोली पनि स्वीकार्य नभएको बताएका छन् ।

असोज १२ गते मकवानपुरस्थित एन्फाको तालिम केन्द्रमा पहिरोमा परी ६ जना किशोर खेलाडीले ज्यान गुमाएका थिए ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register