कालिकोट जीप दुर्घटना : ६ जना मृतक र १३ घाइतेको पहिचान

 सुर्खेत । सुर्खेत कालिकोट पलाँता गाउँपालिका वडा नं. ३ राडुनेटामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट अनुसार पलाँता गाउँपालिका वडा न. ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको डबल क्याप बोलेरो क. १ ज. ५६ न.को गाडी दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख […]

Nov 10, 2024 - 12:58
 0
कालिकोट जीप दुर्घटना : ६ जना मृतक र १३ घाइतेको पहिचान

 सुर्खेत । सुर्खेत कालिकोट पलाँता गाउँपालिका वडा नं. ३ राडुनेटामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोट अनुसार पलाँता गाउँपालिका वडा न. ५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको डबल क्याप बोलेरो क. १ ज. ५६ न.को गाडी दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा कालिकोट पलाँता गाउँपालिका ६ का दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नं. ५ का छाया शाही र वडा नं. ३ का दमन रोकाया छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घाइते हुनेमा कालिकोट पलाँता ६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया छन् ।

त्यस्तै, वडा नं. ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, ठेगाना नखुलेका चालक धनिराम रावत, वडा नं. ५ का दोलि विक र आयुशा विक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका १३ जनालाई उद्धार गरी उपचारको लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको छ । घाइतेको दुई चरणमा नेपाली सेनाको हेलिकप्टर उद्धार गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register