हिमालय सेक्युरिटिज बैंकरको साधारणसभा सम्पन्न

काठमाडौँ । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा  सम्पन्न भएको छ । कम्पनीको साधारण सभा मंसिर ५ गते बुधबारका दिन कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा  सम्पन्न भएको हो । सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को वित्तिय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएका छन् । […]

Nov 21, 2024 - 07:41
 0
हिमालय सेक्युरिटिज बैंकरको साधारणसभा सम्पन्न
काठमाडौँ । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा  सम्पन्न भएको छ । कम्पनीको साधारण सभा मंसिर ५ गते बुधबारका दिन कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा  सम्पन्न भएको हो ।
सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को वित्तिय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएका छन् । कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालक तर्फ सिताराम वाग्ले र आकांक्षा गुप्ताको पुनर्नियुक्ति भएको छ भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुक्ति भएको छ ।
कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा टेवा पुग्ने गरी कार्य गर्ने प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले विश्वस्तता व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register