एनपीएल ट्रफीमा किन राखियो कालापत्थरको ढुङ्गा ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । यसैबीच ट्रफीको माथिल्लो भागमा रहेको ढुङ्गा जस्तो देखिने वस्तु चर्चामा रहेको छ । उक्त ढुङ्गा सगरमाथाको आधारमा शिविरमा रहेको कालापत्थरबाट ल्याइएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले त्यहाँबाट ल्याएको बताए । कार्यक्रममा निमा र […]

Nov 25, 2024 - 06:59
 0
एनपीएल ट्रफीमा किन राखियो कालापत्थरको ढुङ्गा ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । यसैबीच ट्रफीको माथिल्लो भागमा रहेको ढुङ्गा जस्तो देखिने वस्तु चर्चामा रहेको छ ।

उक्त ढुङ्गा सगरमाथाको आधारमा शिविरमा रहेको कालापत्थरबाट ल्याइएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले त्यहाँबाट ल्याएको बताए । कार्यक्रममा निमा र मिङ्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसबीच किन ट्रफीमा ढुंङ्गा राखियो भनेर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेको छ । यसबारे क्यानका सचिव पारस खड्काले प्रस्ट पारेका छन् । नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुङ्गा राखिएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेका छौँ, यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ । साथै, ट्रफीलाई विशेष बनाउन पनि राखिएको हो ।’

काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा सोमबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register