बेलायती राजदूत दम्पत्तिले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाँठ

लन्डन- नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ (एनिभर्सरी) जनकपुरको जानकी मन्दिरमा मनाएका छन् । शनिबार बिहान जानकी मन्दिर परिसरमा राजदूत दम्पत्तिको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचनसमेत गरिएको थियो । राजदूत फेन दम्पतीले एनिभर्सरी मनाउंदा नेपाली पोसाक लगाएका थिए ।  राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था […]

Dec 28, 2024 - 12:50
 0
बेलायती राजदूत दम्पत्तिले जानकी मन्दिरमा मनाए २२ औं वैवाहिक वर्षगाँठ


लन्डन- नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ (एनिभर्सरी) जनकपुरको जानकी मन्दिरमा मनाएका छन् ।

शनिबार बिहान जानकी मन्दिर परिसरमा राजदूत दम्पत्तिको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचनसमेत गरिएको थियो ।

राजदूत फेन दम्पतीले एनिभर्सरी मनाउंदा नेपाली पोसाक लगाएका थिए । 

राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताएका छन्।

वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत सहभागी थिए । 

संघीय सरकारले जनकपुरलाई वैवाहिक स्थल (म्यारिज डेस्टिनेसन) बनाउने नीति लिएको छ ।

बेलायतका राजदूत फेनले नेपाल सरकारको त्यही नीतिलाई अवलम्बन गरेर आफूहरुले जनकपुरको जानकी मन्दिरमा वैवाहिक वर्षगाँठ मनाएको प्रतिक्रिया दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register