विमानस्थल बनेको ३२ वर्षपछि कमलबजार विमानस्थलमा परीक्षण उडान

सुर्खेत । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान हुने भएको छ । निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान हुन भएको हो । परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायतको टोलीसहित नेपालगन्जबाट कमलबजार विमानस्थलमा परीक्षण उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए । निर्माण सुरु भएको लामो […]

Dec 28, 2024 - 14:42
 0
विमानस्थल बनेको ३२ वर्षपछि कमलबजार विमानस्थलमा परीक्षण उडान

सुर्खेत । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान हुने भएको छ । निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान हुन भएको हो ।

परीक्षण उडानका लागी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायतको टोलीसहित नेपालगन्जबाट कमलबजार विमानस्थलमा परीक्षण उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए ।

निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो ।

कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो । २०४८ सालमा निर्माण शुरु गरिएको थियो ।

अछाम जिल्लाको कमलबजार विमानस्थलमा तारा एयरको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ । नेपालगन्ज विमानस्थलबाट उडेको तारा एयरको जहाजले शनिबार सुरक्षित रूपमा कमलबजार विमानस्थलमा अवतरण गरेको हो ।

उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। परीक्षण उडानका लागि क्याप्टेन सञ्जीव श्रेष्ठ, आरएन कंसकारसहितका विमान कर्मचारीहरू जहाजमा सवार थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register