जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपिए र युनिसेफ नेपालबीच लैंगिक हिंसाविरुद्ध सहकार्य

काठमाडौं । जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपिए र युनिसेफ नेपालबीच लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य भएको छ । विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्‍याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा […]

Nov 26, 2024 - 08:23
 0
जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपिए र युनिसेफ नेपालबीच लैंगिक हिंसाविरुद्ध सहकार्य

काठमाडौं । जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपिए र युनिसेफ नेपालबीच लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य भएको छ ।

विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्‍याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे । कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरिन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् ।

युनिसेफ नेपालकी डेपुटी रिप्रेजेन्टेटिभ टु नेपाल जी ह्युन राह, युएनएफपिए नेपालकी लैंगिक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडिजी स्टुडियोले ‘शिरमै फुर्के रिबन’ शीर्षकको संगीत भिडिओ सार्वजनिक गरे ।

यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपिए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् ।

एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर, विशाखा लक्ष्मी खड्काले भनिन्, ‘हामी लैंगिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register