अष्ट्रेलियाविरुद्धको टेस्ट : भारत फलोअनको खतरामा

काठमाडौं । अष्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भइरहेको तेस्रो टेस्ट क्रिकेटको चौथो दिन पनि वर्षाले प्रभावित भएको छ । यो खेलमा मंगलबार बिहानसम्म भारतको स्थिति अझै कमजोर रहेको छ । घरेलु टाेली अस्ट्रेलियाले बनाएको ४४५ रनको जवाफमा भारतले आफ्नो पहिलो पारीमा ६ विकेट गुमाएको छ । हाल भारतको स्कोर १५२ रन रहेको छ । भारतबाट अहिलेसम्म केएल राहुल […]

Dec 17, 2024 - 05:51
 0
अष्ट्रेलियाविरुद्धको टेस्ट : भारत फलोअनको खतरामा

काठमाडौं । अष्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भइरहेको तेस्रो टेस्ट क्रिकेटको चौथो दिन पनि वर्षाले प्रभावित भएको छ । यो खेलमा मंगलबार बिहानसम्म भारतको स्थिति अझै कमजोर रहेको छ ।

घरेलु टाेली अस्ट्रेलियाले बनाएको ४४५ रनको जवाफमा भारतले आफ्नो पहिलो पारीमा ६ विकेट गुमाएको छ । हाल भारतको स्कोर १५२ रन रहेको छ ।

भारतबाट अहिलेसम्म केएल राहुल मात्र राम्रो लयमा देखिएका छन्, उनी ८४ रन बनाएर आउट भएका छन् ।

भारतका लागि अहिले रवीन्द्र जडेजा र नीतिशकुमार रेड्डी क्रिजमा छन् ।

पाँच खेलको यो शृङ्खलामा दुवै टोलीले एक–एक खेल जितेर बराबरी गरेका छन् । यस सिरिजको पहिलो खेलमा भारत विजयी भएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register