रुसी विदेशमन्त्रीले भने– युक्रेन संङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव छैन

मस्को । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रुसी विदेशमन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन् । लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भने, ‘युद्धको मैदानमा हेर्दा हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसलाई रणनीतिक पराजय गराउन दृढ छन् ।’ […]

Nov 27, 2024 - 06:47
 0
रुसी विदेशमन्त्रीले भने– युक्रेन संङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव छैन

मस्को । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रुसी विदेशमन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन् ।

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा भने, ‘युद्धको मैदानमा हेर्दा हामी अझै पनि संकटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसलाई रणनीतिक पराजय गराउन दृढ छन् ।’

रुसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई ‘बढ्दो कदम’का रूपमा वर्णन गर्दै उनले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताएका छन् ।

रसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शत्रु पक्षको कुनै क्रियाकलापले रुसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउदै आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register