एनआरएन कम्पनीलाई आईपीओ निष्कासनको बाटो खुल्यो

काठमाडौं । नेपाल सरकारले लगानीमा गैरआवासीय नेपाली एनआरएनको सहभागितालाई थप प्रभावकारी बनाउन कदम चालेको छ । अब नेपाल सरकार र एनआरएनको संयुक्त लगानीमा स्थापित कम्पनीहरूले आईपीओ प्रारम्भिक सार्वजनिक प्रस्ताव जारी गर्न पाउने भएका छन् । यसका लागि हालै धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०८१ संशोधन गरिएको छ, जुन शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । तर, यस […]

Nov 23, 2024 - 04:35
 0
एनआरएन कम्पनीलाई आईपीओ निष्कासनको बाटो खुल्यो

काठमाडौं । नेपाल सरकारले लगानीमा गैरआवासीय नेपाली एनआरएनको सहभागितालाई थप प्रभावकारी बनाउन कदम चालेको छ ।

अब नेपाल सरकार र एनआरएनको संयुक्त लगानीमा स्थापित कम्पनीहरूले आईपीओ प्रारम्भिक सार्वजनिक प्रस्ताव जारी गर्न पाउने भएका छन् । यसका लागि हालै धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०८१ संशोधन गरिएको छ, जुन शुक्रबारदेखि कार्यान्वयनमा आएको छ ।

तर, यस आईपीओमा नेपाली नागरिकले सहभागी हुन पाउने छैनन् । यो केवल विदेशमा रहेका एनआरएनका लागि सीमित हुनेछ । एनआरएनबाट संकलित रकम नेपालकै पूर्वाधार विकास जस्ता महत्त्वपूर्ण क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान गरिएको छ । विदेशमा बस्ने एनआरएनलाई आईपीओ बिक्री गरेर संकलन गरेको रकम त्यो कम्पनीले नेपालको पूर्वाधार विकासमा लगाउनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अनलराज भट्टराईका अनुसार, “गैरआवासीय नेपालीले धेरै वर्षदेखि उठाएको माग पूरा भएको छ । अब विदेशमा रहेका नेपालीले पनि आफ्नो मातृभूमिको विकासमा आर्थिक योगदान गर्न सक्नेछन् ।”

उनका अनुसार, यो कदमले विदेशमा रहेका एनआरएनहरूबाट ससाना रकम संकलन गरेर नेपालको विकास निर्माणमा सहयोग पुर्‍याउनेछ ।

यसरी जारी भएको आईपीओ दोस्रो बजार कारोबारका लागि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पनि हुन पाउनेछ ।

तर दोस्रो बजारमा पनि त्यो सेयर एनआरएनले मात्र खरिदबिक्री गर्न पाउँछन् । यो सेयर कारोबारका लागि एनआरएनले नेपाली बैंकमा अमेरिकी डलरमा खाता खोल्नुपर्नेछ । यो सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले छुट्टै प्लेटफर्म ९विन्डो० प्रदान गर्नुपर्नेछ । यसकारण यस्तो सेयर गैरआवासीय नेपालीका लागि मात्र निष्कासन हुने व्यवस्था निर्देशिकामा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register