सुन वितरणमा सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन आदेश दिएको छ । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्ने गरी आदेश दिएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल […]

Nov 27, 2024 - 11:53
 0
सुन वितरणमा सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन आदेश दिएको छ । सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्ने गरी आदेश दिएको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूलाईसँग संगठनमा आबद्ध नभए पनि सुन खरिद गर्न नरोक्न राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको हो ।

रिद्धिसिद्धि ज्वेलर्सकातर्फबाट व्यवसायी सागर ढुंगानाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यो निर्णय गरेको हो । वाणिज्य बैंकहरूमार्फत आयात गरिने सुन हालसम्म तीन व्यावसायिक संघहरूलाई मात्र वितरण हुँदै आएको थियो ।

संघहरूमा आबद्ध व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउँदा अन्य व्यवसायीहरू बजार पहुँचबाट वञ्चित भएका थिए । यो एक प्रकारको सिन्डिकेट प्रणाली रहेको भन्दै गैर–आबद्ध व्यवसायीहरूले आवाज उठाएका थिए ।

अदालतले जारी गरेको आदेशमा सबै व्यवसायीलाई सुन खरिद गर्न समान अवसर दिनुपर्ने उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register