रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रवार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै  रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो । चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । सहाराबाट […]

Nov 22, 2024 - 12:59
 0
रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रवार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै  रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो ।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । सहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएको विषयमा अनुसन्धान गर्न उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसअघि  कास्कीसहित रुपन्देही र काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।  लामिछाने  हाल कास्की प्रहरीको हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register