पूर्वका बाढी पहिरो पीडितलाई तत्काल उद्धार र व्यवस्थापन गर्न जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Jun 19, 2023 - 02:38
 0
पूर्वका बाढी पहिरो पीडितलाई तत्काल उद्धार र व्यवस्थापन गर्न जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
पूर्वका बाढी पहिरो पीडितलाई तत्काल उद्धार र व्यवस्थापन गर्न जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिले बाढी पहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाको लागि काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । 

सोमबार उहाँहरूले प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । भेटमा प्रधानमन्त्रीसँगको भेटमा उहाँहरूले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरोबाट ठुलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि अस्थायी बसोबास, खाद्यवस्तु, भाँडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन माग गर्नुभएको छ । त्यस्तै सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न उहाँहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

पूर्व मन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्व मन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लीला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको  भन्दै  खोजी, उद्धार र राहतमा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउनुभयो ।  सडक सञ्चालनको लागि बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । गृह, रक्षा र भौतिक  पूर्वाधार मन्त्रालयलाई यस विषयमा निर्देशित गरेको बताउँदै दाहालले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने बताउनुभयो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1