फिफाको उत्कृष्ट–११ मा रियल म्याड्रिड र स्पेनका खेलाडीको वर्चश्व

काठमाडौं । विश्व फूटबल महासंघ (फिफा)ले घोषणा गरेको फिफा मेन्स–११ २०२४ मा स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीको वर्चश्व देखिएको छ । कतारमा मंगलबार राति एक समारोहबीच घोषणा गरिएको वर्षका उत्कृष्ट पुरुष खेलाडीमा च्याम्पियन्स लिग विजेता क्लब रियलका सर्वाधिक पाँच खेलाडी परेका छन् । जसमा भिनिसियस जुनियर, टोनी क्रुस, जुड बेलिङह्याम, एन्टोनियो रुडिगर र ड्यानी कार्भाहाल […]

Dec 18, 2024 - 05:15
 0
फिफाको उत्कृष्ट–११ मा रियल म्याड्रिड र स्पेनका खेलाडीको वर्चश्व

काठमाडौं । विश्व फूटबल महासंघ (फिफा)ले घोषणा गरेको फिफा मेन्स–११ २०२४ मा स्पेनिस क्लब रियल म्याड्रिडका खेलाडीको वर्चश्व देखिएको छ ।

कतारमा मंगलबार राति एक समारोहबीच घोषणा गरिएको वर्षका उत्कृष्ट पुरुष खेलाडीमा च्याम्पियन्स लिग विजेता क्लब रियलका सर्वाधिक पाँच खेलाडी परेका छन् ।

जसमा भिनिसियस जुनियर, टोनी क्रुस, जुड बेलिङह्याम, एन्टोनियो रुडिगर र ड्यानी कार्भाहाल छन् । यीमध्ये क्रसले व्यावसायिक फूटबलबाट सन्यास लिइसकेका छन् ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीका तीनजना खेलाडी छन् । जसमा अर्लिङ हालान्ड, रोड्री र रुबेन डियास छन् । उत्कृष्ट–११ मा पाँच जना प्रिमियर लिग खेल्ने खेलाडी परेका छन् ।

देशका आधारमा हेर्दा स्पेनका खेलाडी बढी छन् । युरोकप विजेता स्पेनिस राष्ट्रिय टोलीका तीन खेलाडीले उत्कृष्ट–११ मा स्थान बनाएका छन् । जसमा लमिन यमाल, रोड्री र कार्भाहाल छन् । यस्तै जर्मनीका दुई खेलाडी उत्कृष्ट घोषणा भएका छन् । जसमा क्रुस र रुडिगर छन् ।

विश्वविजेता अर्जेन्टिनाका एकजना मात्र खेलाडी उत्कृष्ट–११ मा अटाएका छन् । जसमा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेज छन् ।

यी हुन् उत्कृष्ट–११ :

भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल), अर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/नर्वे), लमिन यमाल (बार्सिलोना/स्पेन), टोनी क्रुस (रियल म्याड्रिड/जर्मनी), रोड्री ( म्यानचेस्टर सिटी/स्पेन), जुड बेलिङह्याम (रियल म्याड्रिड/ इंग्ल्यान्ड), एन्टोनियो रुडिगर (रियल म्याड्रिड/जर्मनी), ड्यानी कार्भाहाल (रियल म्याड्रिड/ स्पेन), विलियम सालिबा (आर्सनल/फ्रान्स), रुबेन डियास ( म्यानचेस्टर सिटी/पोर्चुगल) र इमिलियानो मार्टिनेज (एस्टन भिल्ला/अर्जेन्टिना) ।

फिफाले प्रदान गर्ने फिफा द बेस्ट अवार्ड यो वर्ष भिनिसियस र आइताना बोनमतीले जितेका छन् ।

ब्राजिल तथा रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषणा गरिएको हो ।

भिनिसियस र बोनमती बने ‘फिफा द बेस्ट’, कसलाई के अवार्ड ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register