वादी समुदायका घरघरमा धारा

दैलेख । घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय र तल्लोडुगेश्वर बजारका स्थानीयवासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएका छन् । सधैँ कर्णाली नदी र लोहोरे खोलाको दूषित पानी पिउँदै आएका उनीहरुले शुद्ध पिउने पानी पाउँदा खुसी व्यक्त गरेका छन् । ‘अहिले घरघरमा पानी आयो, बल्ल सफा पानी पिउन पायौँ । नभए […]

Nov 15, 2024 - 11:59
 0
वादी समुदायका घरघरमा धारा

दैलेख । घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय र तल्लोडुगेश्वर बजारका स्थानीयवासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएका छन् । सधैँ कर्णाली नदी र लोहोरे खोलाको दूषित पानी पिउँदै आएका उनीहरुले शुद्ध पिउने पानी पाउँदा खुसी व्यक्त गरेका छन् ।

‘अहिले घरघरमा पानी आयो, बल्ल सफा पानी पिउन पायौँ । नभए हाम्रो अवस्था फेद्उनो कर्णाली बग्दो रैगो पानी तिर्खा भन्ने देउडागीत जस्तै थियो’, दुल्लू नगरपालिका–१ की ९० वर्षीया इन्द्रसरा वादीले भनिन् ।

धारा नहुँदा खोलाबाट पानी ल्याउन आधाघण्टा लाग्थ्यो । बर्सातमा झनै धमिलो पानी हुँदा गाउँले काकाकुल भएर बस्थे । ‘एक घण्टा धमिलो पानी बालुवा थिग्रिएपछि पिउँथ्यौँ । प्यास मेटाउन लागि पनि पर्खिनुपथ्यौँ,’ उनले भनिन् ।

घरमा शुद्ध पिउने पानी आएपछि समय बचत भएको देवीसरा वादीले जानकारी दिइन् । ‘बचत भएको समय हामीले सरसफाइ र तरकारीखेतीमा बिताउने गरेका छौँ’, उनले भनिन्, ‘शौचालय नहुँदा झाडी, जङ्गलमा खुल्ला दिसापिसाब गर्नुपर्ने बाध्यता थियो । अब त पानी पनि पायौंँ । शौचालय पनि बने, चिन्ता केही छैन ।’

पाँच किलोमिटर टाढा भुवापानी मुहानबाट ल्याइएको खानेपानीबाट मन्दिर, बजार र नमूना बस्ती गरी एक सय १० वटा धारा निर्माण गरिएको प्राविधिक जयबहादुर विष्टले बताए ।

दुल्लू नगरपालिका र गैरसरकारी संस्थाको साझेदारीमा रु ७० लाख लगानीमा धारा र शौचालय निर्माण गरिएको हो ।

मजदुरी गरेर जहान परिवार पाल्दै आएका वादी समुदाय अधिकांश बेरोजगार छन् । बालुवा निकाल्ने खोलामा क्रसर उद्योग सञ्चालनपछि आफूहरुलाई बेरोजगारी भएको उनीहरुको गुनासो छ । पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार सञ्चालन भए पनि जानकारी नपाउने गरेको वसन्ता वादीले दुखेसो पोखिन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register