नदीनाला कसका ? (तस्वीरहरू)
काठमाडौं । नेपाल कला परिषद्मा “नदीनाला कसका ?” शीर्षकमा फोटो प्रदर्शनी भइरहेको छ । नौ महिना लामो फेलोशिप कार्यक्रममा तयार पारिएका फोटोग्राफी, चलचित्र, र अन्य बहुसंचार सामग्री राखिएको यो प्रदर्शनीमा विकासको नाममा भएको वातावरणीय समस्याको कथा प्रदर्शन गरिएको छ। प्रदर्शनीमा अमन शाही, अमित मचामसी, दीपा श्रेष्ठ, किशोर महर्जन, सारा टुनिच कोइच, प्रियंका तुलाचन, समग्र शाह, […]

काठमाडौं । नेपाल कला परिषद्मा “नदीनाला कसका ?” शीर्षकमा फोटो प्रदर्शनी भइरहेको छ । नौ महिना लामो फेलोशिप कार्यक्रममा तयार पारिएका फोटोग्राफी, चलचित्र, र अन्य बहुसंचार सामग्री राखिएको यो प्रदर्शनीमा विकासको नाममा भएको वातावरणीय समस्याको कथा प्रदर्शन गरिएको छ।
प्रदर्शनीमा अमन शाही, अमित मचामसी, दीपा श्रेष्ठ, किशोर महर्जन, सारा टुनिच कोइच, प्रियंका तुलाचन, समग्र शाह, सुण्डुप दोर्जे लामा, संजय अधिकारी, र श्रीना नेपालको कलाकृति प्रस्तुत गरिएको छ।
प्रदर्शनीले गोदावरीमा मार्बल उत्खनन, मुक्कमलुङमा जंगल फँडानी, जोगीदहमा एयरपोर्ट परियोजनाको अव्यवस्था, र सुनकोशीमा जलस्रोतको दोहनजस्ता सवालहरूलाई चित्रण गर्दै “यी स्रोत र साधन कसका हुन्?” भन्ने गहन प्रश्न उठाएको छ ।
मंसिर २८ गतेदेखि सुरु भएको प्रदर्शनी यही पुस ७ गतेसम्म चल्नेछ ।
तस्वीरहरु:-
What's Your Reaction?






