जनकपुर बोल्ट्सले पहिले बलिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो । अब कर्णाली याक्सले ब्याटिङ गर्नेछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदा जनकपुरले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्न लागेको हो । एलिमिनेटरमा चितवनलाई हराउँदै कर्णाली याक्स […]

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ गर्ने निर्णय लिएको हो । अब कर्णाली याक्सले ब्याटिङ गर्नेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदा जनकपुरले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
एलिमिनेटरमा चितवनलाई हराउँदै कर्णाली याक्स क्वालिफायर-२ पुगेको हो । अब यस खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।
What's Your Reaction?






