मैत्रीपुर्ण फुटबलमा चीनद्वारा नेपाल २-० ले पराजित

काठमाडौं । चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा २० औं मिनेटमा यु मेन्घुइ र ७७ औं  मिनेटमा वान्ह बिन्हान् ले एक एक गोल गरे । चीनका लागि मेंघुई युले गोल गरे । खेलको २० औं मिनेटमा गोल गर्दै उनले चीनलाई अग्रता दिलाएका थिए । दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल […]

Feb 15, 2025 - 12:51
 0
मैत्रीपुर्ण फुटबलमा चीनद्वारा नेपाल २-० ले पराजित

काठमाडौं । चीनविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।

शनिबार भएको खेलमा २० औं मिनेटमा यु मेन्घुइ र ७७ औं  मिनेटमा वान्ह बिन्हान् ले एक एक गोल गरे ।

चीनका लागि मेंघुई युले गोल गरे । खेलको २० औं मिनेटमा गोल गर्दै उनले चीनलाई अग्रता दिलाएका थिए ।

दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको थियो ।

बिजेता र उपबिजेता टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र राखेपका उपाध्यक्ष ध्रुब आचार्यले पुरस्कार वितरण गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register