‘अजासु’ मेयर, जसले घुस खानकै लागि एनएमबि बैंकमा खाता खोले, ७४ सालदेखि बैंकमा घुस जम्मा गरिरहे…

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बैंकिङ प्रणालीबाट घुस लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत र उनकी धर्मपत्नी उर्मीला बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै बस्नेतले बैंकिङ प्रणालीबाट घुस लिएको खुलासा भएको हो ।  अख्तियारका अनुसार पद्मा कोलोनीका मालिक राजुप्रसाद कंडेलले जगतगुरु कृपालु महाराज प्रतिष्ठाका […]

Dec 30, 2024 - 03:06
 0
‘अजासु’ मेयर, जसले घुस खानकै लागि एनएमबि बैंकमा खाता खोले, ७४ सालदेखि बैंकमा घुस जम्मा गरिरहे…

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बैंकिङ प्रणालीबाट घुस लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत र उनकी धर्मपत्नी उर्मीला बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै बस्नेतले बैंकिङ प्रणालीबाट घुस लिएको खुलासा भएको हो । 

अख्तियारका अनुसार पद्मा कोलोनीका मालिक राजुप्रसाद कंडेलले जगतगुरु कृपालु महाराज प्रतिष्ठाका नामबाट मेयर बस्नेतलाई एनएमबि बैंकमार्फत ५ करोड ३६ लाख ६८ हजार रुपैयाँ घुस खुवाएको देखिएको छ । त्यस्तै, मेयरपत्नी उर्मीला बस्नेतको सोही बैंक (एनएमबि बैंक)मार्फत कँडेलबाटै ९२ लाख रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ । 

यसरी मेयर बस्नेतले कँडेलसँग २०७४ साल साउनदेखि नै घुस खान सुरु गरेको अख्तियारले जनाएको छ । मेयर बस्नेतले पहिलोपटक कँडेलसँग २०७४ साउन ९ गते तत्कालीन सनराइज बैंकबाट १० लाख रुपैयाँ घुस लिएको र सो प्रश्चात उनले घुस लिन एनएमबि बैंकमा खाता खोलेको र सोही खातामार्फत करोडौँ घुस लिएको अख्तियारले जनाएको छ । 

त्यस्तै, प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ । बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार चार सय ४८ रुपैयाँ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी कूल २३ करोड २२ लाख २७ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको  पाइएको आरोपपत्रमा उल्लेख छ । 

सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रुपैयाँ रकम जम्मा गरेको पाइएको छ । त्यस्तै, ६ करोड ८२ लाख रुपैयाँ बराबरको जग्गा र वैवाहिक भोज गर्दा  २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ बराबरको रकमसमेत पद्या कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।

आयोगले ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबरको बिगो दावी गर्दै नगरप्रमुख बस्नेत, निजका श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, निजको श्रीमती उर्मिला र पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको बिगो दावी गर्दै आइतबार नै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register