हरि ढकालसँग चुनाव हारेका पौडेल गभर्नर बन्न कानुनले नै रोक्छ, काँग्रेस अर्को विकल्प खोज्दै !

काठमाडौँ । नेपाली काँग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस गरेका विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको पाइएको छ । उनलाई गभर्नर बन्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ नै बाधक बनेको हो । राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार राजनीतिक दलको पदाधिकारी वा सदस्यता लिएको व्यक्ति गभर्नर बन्न अयोग्य हुनेछ  ।  ‘राजनैतिक दलको […]

May 12, 2025 - 03:07
 0
हरि ढकालसँग चुनाव हारेका पौडेल गभर्नर बन्न कानुनले नै रोक्छ, काँग्रेस अर्को विकल्प खोज्दै !

काठमाडौँ । नेपाली काँग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस गरेका विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको पाइएको छ । उनलाई गभर्नर बन्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ नै बाधक बनेको हो ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार राजनीतिक दलको पदाधिकारी वा सदस्यता लिएको व्यक्ति गभर्नर बन्न अयोग्य हुनेछ  । 

‘राजनैतिक दलको सदस्य वा पदाधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन ।’, ऐनमा उल्लेख गरिएको छ । अर्थात कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्ति वा पदाधिकारी राष्ट्र बैंकको गभर्नर बन्न योग्य हुनेछैन । 

काँग्रेसले प्रस्ताव गरेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेल २०७९ को निर्वाचनमा चितवनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । यदि पौडेल गभर्नर नियुक्त भए विवाद हुने निश्चित छ । अझ ऐनविपरीत निर्वाचनमा सहभागी भएको व्यक्तिलाई गभर्नर बनाएको भन्दै सो विषय अदालतमा पुग्ने पक्का देखिन्छ । अर्थात, कानून अनुसार पौडेल गभर्नर बन्न योग्य छैनन् । 

यता डा. गुणाकर भट्टको विषय विवादित बनेपछि काँग्रेस थप विवादमा अल्झिने मुडमा छैन । यही कारण पौडेलको विकल्पमा अर्को नयाँ पात्र प्रस्ताव गर्ने तयारी काँग्रेसले गरिरहेका काँग्रेसकै एक नेताले बताएका छन् । ‘पहिला विवाद भएकाले अब फेरि विवादमा अल्झिदैनौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती नेताले भने, ‘विवादित हुन्छ भन्ने लागेको विषयलाई सुरुमै पाखा लगाउछौँ । अहिले पनि त्यही गर्दैछौँ । पौडेलजीको विकल्पमा नयाँ मान्छे खोज्ने काम भइरहेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register