पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । दक्षिण अफ्रिका विश्व टेस्ट क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोली को हो भन्ने अझै स्पष्ट भइसकेको छैन । सेन्चुरियनमा भएको टेस्टमा घरेलु टाेली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध ८ विकेट गुमाएर १५० […]

काठमाडौं । दक्षिण अफ्रिका विश्व टेस्ट क्रिकेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोली को हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
सेन्चुरियनमा भएको टेस्टमा घरेलु टाेली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध ८ विकेट गुमाएर १५० रन बनाएको थियो । टोलीलाई १४८ रनको लक्ष्य थियो ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले इनिङ्स सम्हाल्दै २६ बलमा ३१ रन बनाए । उनी अविजित रहे ।
पाकिस्तानले पहिलो इनिङ्समा २११ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले ३०१ रन बनाएको थियो । पाकिस्तानको दोस्रो इनिङ्स २३७ रनमा मात्र सीमित भयो ।
What's Your Reaction?






