शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति यादव

उदयपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् । उपराष्ट्रपति यादवले उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरुप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र […]

Dec 31, 2024 - 08:25
 0
शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति यादव

उदयपुर ।


उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरुप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको समेत उल्लेख गरे ।

उपराष्ट्रपति यादवले समाजमा सबैमा समानताको भावना जागृत गर्न एवम् देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई आजको आवश्यता अनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए ।

शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउदै शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए । ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया पनि शिक्षा रहेको समेत वहाँको भनाइ थियो । उपराष्ट्रपति यादवले हामीलाई जीवनको कठिन समयमा चुनौतीहरुको सामना गर्न समेत शिक्षाले सहयोग गर्ने बताए ।

उनले शहरमा शिक्षा प्राप्त गर्नु सजिलो भएपनि दुर्गम गाउँमा अझै पनि धेरैको पहुँचमा यो नरहेको उल्लेख गर्दै खासगरी, छोरी चेलीहरुलाई कम उमेरमै शिक्षाबाट बञ्चित गराएको अझै पनि पाइने गरेकोले यसतर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताए ।

उपराष्ट्रपति यादवले दुर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्वपूर्ण उद्देश्यहरूलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्नमा सहयोगी भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसा समेत गरे ।

कार्यक्रममा संघिय सांसद डाक्टर नारायण खड्का र चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै चौदण्डीगढी नगरपालिका मेयर लामाले आफु निर्वाचित भएर आएदेखि नै नगर भित्रको शिक्षामा आमूल परिवर्तन गर्ने लक्ष सहित अघि बढेको भन्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आफुले प्रभावकारी र समय अनुकुल काम गर्दै आएको स्मरण गराए ।

चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहमा सम्बोधन गर्दै उपराष्ट्रपतिलाई स्थानीयहरुले बाजागाजा सहित सम्मान गरेका थिए भने कार्यक्रममा मौलिक हुर्रा नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक रितबहादुर मगरले स्वागत मन्तव्य राखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register