न्यूजर्सीका नेपालीले मनाए नेपाल उत्सव

अमेरिका ।  अमेरिकाको न्यूजर्सीमा रहेका नेपालीहरुले पहिलो पटक नेपाल डे उत्सव मनाएका छन् । नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले शनिवार आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको व्यानर सहित नेपालीहरु आआफ्नो मौलिक पोशाकमा उपस्थित भएका थिए । कार्यक्रम […]

Jun 3, 2025 - 11:49
 0
न्यूजर्सीका नेपालीले मनाए नेपाल उत्सव

अमेरिका ।

 अमेरिकाको न्यूजर्सीमा रहेका नेपालीहरुले पहिलो पटक नेपाल डे उत्सव मनाएका छन् । नेपाली पहिचान, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले शनिवार आयोजना गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको व्यानर सहित नेपालीहरु आआफ्नो मौलिक पोशाकमा उपस्थित भएका थिए । कार्यक्रम स्थलमा नेपालका मौलिक सामाग्रीहरुको स्टल राखिएको थियो । 

संयुक्त राष्ट्संघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र फेरलन सिटीका उपमेयर जोश रेईनिजले संयुक्त रुपमा उद्घाटन गरेको कार्यक्रममा नेपाल झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा राजदूत थापाले नेपालको पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले निकै सहयोग पुर्याउने भन्दै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने बताए । त्यस्तै नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले सिटीका उपमेयर जोश रेईनिजलाई नेपाल सम्बन्धि जानकारी मुलक पुस्तकहरु हस्तान्तर गर्दै नेपाल भ्रमणका लागि आग्रह गर्नु भयो । उहाँले संक्षिप्त मन्तव्य व्यक्त गर्दै नेपाल सुरक्षित, रमणिय, प्राकृतिक सुन्दरता एवं सांस्कृतिक विविधतायुक्त भएकाले देशप्रति सधै सकारात्मक सन्देश प्रवाह गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमलाई स्थानीयवासीहरुले निकै रुची पूर्वक अवलोकन गरेका थिए । 

ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैर आवासीय नेपाली संघ, अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेण्ड्स अफ नेपाल एवं स्थानीय सामाजिक संघसंस्था र नेपाल सरकार पर्यटन प्रवद्र्धक, न्यूयोर्कको समन्वयमा नेपाल डे कार्यक्रम गरिएको हो । राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्जिव श्रेष्ठ इभेन्ट डाईरेक्टर र सतेन्द्र शाहले कन्भेनरको भूमिका निर्वाह गरेका थिए । 

न्यूजर्सीमा नेपाल डे कार्यक्रम आगामी वर्षहरुमा पनि निरन्तर गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय प्रशासन तथा आम नेपाली समुदायलाई विशेष धन्यवाद ज्ञापन गरे ।

संञ्चारकर्मी विक्कि पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register