विप्लवको पार्टीले ०८४ को चुनाव लड्ने, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिँदै

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । हालै सम्पन्न नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल निकट पार्टीसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको जनाएको हो । एकतालाई प्राथमिकतामा राख्दै […]

Dec 31, 2024 - 10:11
 0
विप्लवको पार्टीले ०८४ को चुनाव लड्ने, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिँदै

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ ।

हालै सम्पन्न नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल निकट पार्टीसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको जनाएको हो ।

एकतालाई प्राथमिकतामा राख्दै त्यसको सुरुवात मोर्चाबाट सुरु गरिने नेकपाले जनाएको छ ।

त्यस्तै, नेकपाले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको छ ।

आगामी चुनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले जानकारी दिए ।

बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ भने देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतङ्क लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए ।

त्यस्तै, बैठकले देशको स्वाधीनताविरुद्ध भइरहेका हस्तक्षेपविरुद्ध भण्डाफोर अभियान चलाउने, नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किराँत–लिम्बूवान प्रदेश नामकरण गर्ने र त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरुसँग छलफल अघि बढाउने लगाएतका निर्णयहरु भएको नेकपाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register