निम्तो आउनेबित्तिकै भारत जान प्रधानमन्त्री तयार : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको निम्तो पर्खिरहेको बताएकी छन् । भारतीय पत्रिका द हिन्दूसँगको कुराकानीमा उनले ओली भारत भ्रमणको निम्तो पर्खिरहेको बताएकी हुन् । यही वर्षको अप्रिलमा थाइल्याण्डको राजधानी बैंककमा हुन लागेको बिमस्टेक सम्मेलनमा ओली र मोदीबीच साइडलाइन वार्ता हुने अपेक्षा समेत उनले व्यक्त गरेकी छन् । त्यही […]

Feb 23, 2025 - 12:00
 0
निम्तो आउनेबित्तिकै भारत जान प्रधानमन्त्री तयार : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको निम्तो पर्खिरहेको बताएकी छन् । भारतीय पत्रिका द हिन्दूसँगको कुराकानीमा उनले ओली भारत भ्रमणको निम्तो पर्खिरहेको बताएकी हुन् ।

यही वर्षको अप्रिलमा थाइल्याण्डको राजधानी बैंककमा हुन लागेको बिमस्टेक सम्मेलनमा ओली र मोदीबीच साइडलाइन वार्ता हुने अपेक्षा समेत उनले व्यक्त गरेकी छन् । त्यही भेटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिने अपेक्षा गरेको उनले हिन्दंसँग भनेकी छन् ।

परराष्ट्रमन्त्री भइसकेपछि राणा दुईपटक भारत भ्रमणमा गइकसेकी छन् । राणाको बारम्बारको प्रयासका वावजुद भारतले ओलीलाई भ्रमणको निम्ता दिएको छैन् ।

द हिन्दूसँगको अन्तवार्तामा राणाले भारतबाट जहिले निम्तो आए पनि ओली भ्रमणका लागि तयार रहेको बताएकी छन् । ‘मैले दिनसक्ने जवाफ यही मात्र हो । र निकट भविष्यमा यस्तो हुनेछ (ओलीको भारत भ्रमण) भन्ने अपेक्षा गर्छु,’ उनले भनेकी छन् ।

सन् २०२५ को अप्रिलभित्रै ओलीको भारत भ्रमण हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

बैंककमा अप्रिल २ देखि ४ तारिखमा बिमस्टेक सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा ओली र मोदीबिच साइडलाइन वार्ता हुने अपेक्षा राणाको छ । यसअघि  २०२४ सेप्टेम्बरमा पनि ओली र मोदीबीच संयुक्तराष्ट्रसंघको महासभाका क्रममा साइडलाइन भेटवार्ता भएको थियो ।

त्यो वार्तामा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता दिए पनि मोदीले ओलीलाई भ्रमणको निम्तो दिएका थिएनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register