मोरङ र झापाबाट  लागुऔषधसहित २ जना पक्राउ

झापा, १ माघ । मोरङ र झापाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २९ गते मोरङको बिराटनगर-१७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर महानगरपालिका-२ का ४० बर्षीय संजित मण्डललाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध एभिल-९ एम्पुल, लुपिजेसिक-९ एम्पुल डाइजोपाम-९ एम्पुल र [...] The post मोरङ र झापाबाट  लागुऔषधसहित २ जना पक्राउ appeared first on Jhapa Online.

Jan 14, 2025 - 13:06
 0
मोरङ र झापाबाट  लागुऔषधसहित २ जना पक्राउ

झापा, १ माघ । मोरङ र झापाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस २९ गते मोरङको बिराटनगर-१७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर महानगरपालिका-२ का ४० बर्षीय संजित मण्डललाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध एभिल-९ एम्पुल, लुपिजेसिक-९ एम्पुल डाइजोपाम-९ एम्पुल र फेनारागन-९ एम्पुल फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर महानगरपालिका-१८ स्थितबाट बेबारीसे अबस्थामा रहेको १६ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय बुधनगरले बरामद गरेको हो साथै कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह (PIT) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थितबाट अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा Bone Kart-४२,७५० ट्याब्लेट र Canon १२,००० ट्याब्लेट रु.८,००,०००।– बराबरको औषधीजन्य पदार्थ फेला पारी आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी मोरङमा बुझाएको छ ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट शिवसतासी नगरपालिका- ८ का ३० वर्षिय आशिक राईको साथबाट २ (दुई) ग्राम लागुऔषध ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post मोरङ र झापाबाट  लागुऔषधसहित २ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register