बैंक तथा वित्तीय संस्थाको खराब कर्जा घटाएर प्रतिफल बढाउन अर्थमन्त्रीको निर्देशन, भने, ‘आवश्यक परे सहजीकरण गर्छौं’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय संस्था र गैर वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउनेगरी काम गर्न निर्देशन […]

Jan 22, 2025 - 04:12
 0
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा घटाएर प्रतिफल बढाउन अर्थमन्त्रीको निर्देशन, भने, ‘आवश्यक परे सहजीकरण गर्छौं’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय संस्था र गैर वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउनेगरी काम गर्न निर्देशन दिएका छन् ।

पछिल्ला दिन बैंक तथा वित्तीय संस्थाप्रति आम नागरिकको विश्वसनियता घट्दै गइरहेको भन्दै संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न पनि अर्थमन्त्री पौडेलले निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, अर्थमन्त्रीले सरकारी बैंक तथा वित्तीय संस्था र गैर वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register