कस्तो रह्यो इस्वी संवत् २०२४ ? तस्विरमा हेर्नुहोस् नेपालमा भीआईपी पक्राउदेखि कहालीलाग्दा घटनाका ‘किस्सा’हरु… (तस्विरहरु)

काठमाडौँ । आज देखि अंग्रेजी नयाँ वर्ष अर्थात् २०२५ सुरु भएको छ । २०२४ अरु वर्षहरु झैँ सामान्य बितेको वर्ष पक्कै होइन, सामाजिक, राजनैतिक, आर्थिकसँगै नेपाली स्वाभिमानको कदरको रुपमा पनि यसवर्षले धेरै कुराहरु हामीलाई उपहार दिँदै र हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ । यो वर्ष नेपाल र नेपालीहरुले देशभर ठूला घटनाहरुको सामना गर्नुपर्यो । […]

Jan 1, 2025 - 08:41
 0
कस्तो रह्यो इस्वी संवत् २०२४ ? तस्विरमा हेर्नुहोस् नेपालमा भीआईपी पक्राउदेखि कहालीलाग्दा घटनाका ‘किस्सा’हरु… (तस्विरहरु)

काठमाडौँ । आज देखि अंग्रेजी नयाँ वर्ष अर्थात् २०२५ सुरु भएको छ । २०२४ अरु वर्षहरु झैँ सामान्य बितेको वर्ष पक्कै होइन, सामाजिक, राजनैतिक, आर्थिकसँगै नेपाली स्वाभिमानको कदरको रुपमा पनि यसवर्षले धेरै कुराहरु हामीलाई उपहार दिँदै र हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

यो वर्ष नेपाल र नेपालीहरुले देशभर ठूला घटनाहरुको सामना गर्नुपर्यो । बाढी पहिरोले धेरै स्थानहरु तहसनहस बनिदियो । काठमाडौँ उपत्यकासाथै देशभर नै ठूलो जनधनको क्षति भयो । 

चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता २ वटा बस बेपत्ता भएका थियो । जुन बस अहिलेसम्म पनि भेटिएको छैन । श्रावण ९ गते त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एयरको विमान दुर्घटना भयो । जुन दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो । त्यस्तै, साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौँबाट रसुवाको स्याफ्रुँवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो थियो र असोज ११ गते धादिङको धुनीबेशी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो । 

यसवर्ष देशलाई विश्वसामु चिनाउन धेरै कुराहरु भए । पेरिस पाराओलम्पिक २०२४ मा नेपाली खेलाडी पलेशा गोवर्धनले नेपाललाई पहिलो पदक दिलाइन् । कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३०औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे । नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए । 

कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले अक्सिजन बिना विश्वका १४ वटा हिमाल आरोहण गरेर यसैवर्ष नयाँ कीर्तिमान बनाए । उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिना अक्सिजन आरोहण गरिसकेका थिए । शिशापाङ्मा १४औँ हिमाल हो । पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन् । उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथाको आरोहण गरेकी थिइन् । श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला समेत हुन् । मंसिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिगको आयोजना गरियो, जुन खेल अन्तराष्ट्रिय स्तरमासमेत चर्चा भयो  ।

यसबर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो ।

जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परे । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । कार्तिक २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परे भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि  प्रहरीले पक्राउ गर्यो ।

समुद्री सतहभन्दा ३ हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा माघ ९ गते मोरङको उर्लाबारी नगरपालिकामा भेटियो । हिउँ चितुवा फेला परेको उर्लाबारी नगरपालिका वडा नम्बर १ चारघरे क्षेत्र समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा छ । मंसिर २१ भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकको नेपाल भ्रमण गरेका थिए । वैशाख २३ गते जापानकी विदेशमन्त्री कामिकावा योकोद्वारा नेपाल भ्रमण गरिएको थियो भने वैशाख ११ गते कतारका अमिर(राजा) तमिम विन हमाद अल थानी नेपालको २ दिने औपचारिक भ्रमण गरेका थिए । 

नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए भने नेपाली कांग्रेसद्वारा संसद अवरोध लामो समयसम्म चालेको थियो । यही वर्ष मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचनसमेत समपन्न भएको थियो । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register