विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ३६ वर्षीय विजय साह, ३२ वर्षीय नेहा अधिकारी र ४७ वर्षीय विवाह घले रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार […]

Jan 22, 2025 - 06:30
 0
विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ३६ वर्षीय विजय साह, ३२ वर्षीय नेहा अधिकारी र ४७ वर्षीय विवाह घले रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये विजय साहले एक जनालाई मलेसिया पठाउने भन्दै ८० हजार रुपैयाँ, नेहा अधिकारीले एक जनालाई युके पठाउने भन्दै २४ लाख ५० हजार रुपैयाँ र विवाह घलेले एक जनालाई जापान पठाउने भन्दै ४ लाख रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register