२३ करोडले बढ्यो छुर्पीको निर्यात, ८ महिनामा ६४ करोडको छुर्पी विदेश पठाइयो 

काठमाडौँ । पछिल्लो ८ महिनामा छुर्पीको निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म) मा छुर्पीको निर्यात २३ करोड रुपैयाँले बढेको हो । यसअवधिमा नेपालबाट ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरिएको छ ।  साउनदेखि फागुनसम्म सो मूल्य बराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो […]

Mar 24, 2025 - 12:38
 0
२३ करोडले बढ्यो छुर्पीको निर्यात, ८ महिनामा ६४ करोडको छुर्पी विदेश पठाइयो 

काठमाडौँ । पछिल्लो ८ महिनामा छुर्पीको निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म) मा छुर्पीको निर्यात २३ करोड रुपैयाँले बढेको हो ।

यसअवधिमा नेपालबाट ६४ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरिएको छ । 

साउनदेखि फागुनसम्म सो मूल्य बराबरको ३ लाख ६९ हजार ६ सय ६८ किलो छुर्पी निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागको अनुसार परिमाणका आधारमा यो अवधिमा नेपालबाट १ लाख ४० हजार ३ सय २० किलो बढी छुर्पी निर्यात भएको छ । 

नेपालको छुर्पी अमेरिका, अस्ट्रेलिया लगायतका देशमा घरपालुवा कुकुर र बिरालोले रुचाएपछि माग बढ्दा निर्यात पनि बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register