वेस्ट बैंकमा इजरायलको सैन्य कारबाही : नौ प्यालेस्टिनी मारिए, ३५ जना घाइते

काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायलले कब्जा गरेको वेस्ट बैंकको जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टाइनी मारिएको जनाएको छ । इजरायली सेनाकै कारबाहीबाट अन्य ३५ जना घाइते भएका छन् । प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार सहर (वेस्ट बैंक)मा धेरै आक्रमण भएका छन् । सहरबाहेक राहत शिविरमा ठूलो संख्यामा सैनिकको आवतजावत भएको छ । मङ्गलबार इजरायलका प्रधानमन्त्री बेन्जामिन […]

Jan 22, 2025 - 06:27
 0
वेस्ट बैंकमा इजरायलको सैन्य कारबाही : नौ प्यालेस्टिनी मारिए, ३५ जना घाइते

काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायलले कब्जा गरेको वेस्ट बैंकको जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टाइनी मारिएको जनाएको छ ।

इजरायली सेनाकै कारबाहीबाट अन्य ३५ जना घाइते भएका छन् ।

प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार सहर (वेस्ट बैंक)मा धेरै आक्रमण भएका छन् । सहरबाहेक राहत शिविरमा ठूलो संख्यामा सैनिकको आवतजावत भएको छ ।

मङ्गलबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार सामाजिक सञ्जालमार्फत इजरायली सेनाले जेनिनबाट आतङ्कवाद हटाउन ठूलो मात्रामा अभियान सुरु गरेको बताएका थिए ।क

वेस्ट बैंकमा इजरायलको कारबाहीपछि हिंसा भड्कने सम्भावना रहेकाे बीबीसीको समाचारमा उल्लेख छ ।

सैन्य कारबाहीका सम्बन्धमा जेनिनका गभर्नर कमल अबु अल–रुबले एएफपी समाचार एजेन्सीलाई भने, ‘आकाशमा हेलिकप्टर देखिन्थ्यो र इजरायली सैनिकहरू जताततै देखिन्थे ।’

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै इजरायली सेनाले जेनिन क्याम्पलाई पूर्ण रूपमा घेरेको र बुलडोजरले धेरै सडक खनेको बताएको छ ।

इजरायल र अमासबीच युद्धविराम सम्झौतापछि केही दिनयता गाजामा भने शान्ति छाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register