सेयर बजारमा उछाल, कारोबार रकम नौ अर्बमाथि 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५२ दशमलव ३६ अङ्कले बढेर २६६५ दशमलव ४५ को विन्दुमा पुगेको छ । बुधबार ३२२ कम्पनीका ९० हजार ६९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ […]

Jan 22, 2025 - 09:34
 0
सेयर बजारमा उछाल, कारोबार रकम नौ अर्बमाथि 

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा उछाल आएको छ ।

आज नेप्से परिसूचक ५२ दशमलव ३६ अङ्कले बढेर २६६५ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

बुधबार ३२२ कम्पनीका ९० हजार ६९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३५० रुपैयाँ रहेको छ ।

१९६ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register