प्रचण्ड भन्छन् – सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा जाँदैन
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाउने गरेको आरोप लगाएका छन् । प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले वर्तमान सरकार आफ्ना र भ्रष्टचारीलाई बचाउने काम गरेको आरोप लगाएका हुन् । यो गठबन्धनको सरकार बनेको बेला आफूले भनेको कुरा अहिले सावित हुँदै गएको प्रचण्डको भनाइ छ । आफू […]

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारीलाई बचाउने गरेको आरोप लगाएका छन् ।
प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले वर्तमान सरकार आफ्ना र भ्रष्टचारीलाई बचाउने काम गरेको आरोप लगाएका हुन् ।
यो गठबन्धनको सरकार बनेको बेला आफूले भनेको कुरा अहिले सावित हुँदै गएको प्रचण्डको भनाइ छ ।
आफू सरकारमा जाने विषयमा अहिले नै केही नसोचेको उनले बताए । ‘सरकारप्रति आफूहरूको कुनै रुचि छैन,’ उनले भने, ‘वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा जाँदैन ।’
अहिलेको सरकारले राम्रो काम गर्नेलाई तारो बनाएर हटाउन खोजेको उनको भनाइ छ ।
What's Your Reaction?






