आईएमई पेमा रकम प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस
काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ । विश्वको जुनकुनै देशबाट आइएमई पेमार्फत नेपालमा पैसा पठाउँदा सो बोनस प्राप्त गर्न सकिनेछ । आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकमअनुसार पचास हजार, एक लाख […]

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ ।
विश्वको जुनकुनै देशबाट आइएमई पेमार्फत नेपालमा पैसा पठाउँदा सो बोनस प्राप्त गर्न सकिनेछ ।
आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकमअनुसार पचास हजार, एक लाख र दुई लाखसम्ममा क्रमश: १००, २०० र रु ५०० सम्म बोनस प्राप्त गर्न सकिनेछ ।
कारोबार गर्नेमध्ये एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् ।
यो योजनामार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।
What's Your Reaction?






