सुप्रिम सहकारी ठगी प्रकरण : आजको बहस सकियो

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा आजको लागि थुनछेक बहस सकिएको छ । समय अभावका कारण आजको लागि बहस सकिएको र भोलि निरन्तरता दिइने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । बिहीबार सरकारी वकिलहरुले बहस गरेका छन् । साथै, जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले पनि बहस गरेका छन् । न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा […]

Jan 23, 2025 - 10:49
 0
सुप्रिम सहकारी ठगी प्रकरण : आजको बहस सकियो

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा आजको लागि थुनछेक बहस सकिएको छ ।

समय अभावका कारण आजको लागि बहस सकिएको र भोलि निरन्तरता दिइने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

बिहीबार सरकारी वकिलहरुले बहस गरेका छन् । साथै, जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले पनि बहस गरेका छन् ।

न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासमा बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो ।

थुनछेक बहस सकिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश हुनेछ ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register